रोजगारी सिर्जनाका लागि अध्यक्ष लिङ्देन संग युवाको समन्वय

रोजगारी सिर्जनाका लागि अध्यक्ष लिङ्देन संग युवाको समन्वय

काठमाडौं -राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन  अहिले तीन युवासँग मिलेर नेपालको दीर्घकालीन बेरोजगारी समस्याको समाधानका लागि एक नवीन योजना तयार  पारिरहेका छन्  । पुलचोक इन्जिनियरिङ अध्ययन संस्थानका कम्प्युटर इन्जिनियरिङ अन्तिम वर्षका विद्यार्थी सिजन खड्का र सागर गिरी तथा कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीका सिभिल इन्जिनियरिङ चौथो वर्षका विद्यार्थी  यमन भुर्तेलको टिमले अध्यक्ष लिङ्देनसँग मिलेर रोजगारी सिर्जनामा केन्द्रित नविनतम परियोजनामा काम गरिरहेको जनाइएको छ ।

अध्यक्ष लिङ्देनले शुक्रबार सामाजिक सञ्जालमार्फत एक पोस्ट  लेखेका छन् , “एउटा सपना: रोजगारी सिर्जना... सेवा र उत्पादन सोझै उपभोक्ता सम्म, सिर्जनशील युवाहरुसँग।”

लिङ्देनले पोस्ट सार्वजनिक  गरेसँगै सामाजिक सञ्जालमा  युवाहरूले यो योजनाको विषयमा अत्यधिक चासो  राखेको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय सदस्य यमन भुर्तेलले बताएका छन्।  यसको स्वरूप, कार्यान्वयन समयसीमा र प्रभावबारे जिज्ञासा राख्न  थालिएको छ  । योजनाले पाएको सकारात्मक प्रतिक्रिया र समर्थनले  उत्साहित भएको भुर्तेलले दाबि गरेका छन् जसका कारण  प्रभावकारिता प्रतिविम्बित  भएको छ ।

योजना के हो भन्नेबारे अझै खुलाइएको छैन तथापी युवाहरु माझ उत्सुकता चुलिंदै गएको छ । धेरैले अध्यक्ष लिङ्देन र तीनै युवालाई सफलताको शुभकामना दिइरहेका छन् । युवाको सिर्जनशीलता र उर्जालाई प्रयोग गर्दै सेवा तथा उत्पादनलाई सीधै उपभोक्तासम्म पुर्याउने उद्देश्य लिएको  योजनाले बेरोजगारीको  समाधान गर्न योगदान दिने अपेक्षा गरिएको छ ।