यू-१६ इस्ट जोन कप : नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य

काठमाडौं - यू-१६ इस्ट जोन कपमा नेपालले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन जोडेको हो । नेपालका लागि प्रशिद्ध जैशीले शतक प्रहार गर्दा परिमार्जन यादव, रौनक श्रीवास्तव र जोय थापाले अर्धशतक प्रहार गरे ।
जैशीले ११४ बलमा १३२ रन बनाउँदा, यादवले २८ बलमा ७१, श्रीवास्तवले ७१ बलमा ८८, थापाले ४१ बलमा ५७ रन बनाए । यस्तै सुगम बुढाथोकीले ३४ बलमा ३९, रोशन शाहीले ९ बलमा १० रन बनाए । शिवान्स बजगाईँले ४ रन बनाए ।
नेपालले पहिलो १० ओभरमा नै विना विकेटको क्षतिमा १३० रन जोडेको थियो ।
प्रतिक्रिया