धानको भुसभित्र लुकाइएको दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

धानको भुसभित्र लुकाइएको दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

रौतहट - बारा प्रहरीले २ सय १२ किलो लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । पिकअप गाडीमा धानको भुसभित्र लुकाइएको २ सय १२ किलो ९२८ ग्राम लागुऔषध गाँजा बरामद गरिएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।

मकवानपुरको हेटौंडाबाट प्रर्सौनी गण्डकतर्फ आउँदै गरेको प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडीलाई शनिबार बिहान चेकजांच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी प्रवक्ता पण्डितका अनुसार मकवानपुर थाहा नगरपालिका वाड न ४ का गाडी चालक २८ वर्षीय रवि कार्की, थाहा नगरपालिका वाड न १२ का ४३ वर्षीय वीरबहादुर गोले, हेटौंडा नगरपालिका १४ बस्ने २३ वर्षीय साजन मोक्तान र धादिङ थाक्रे गाउँपालिका वाड न ७ बस्ने ३१ वर्षीय महेश तामाङ पक्राउ परेका छन् ।