सरकारले हाम्रो प्रतिरोधलाई संसदको प्रश्नबाट भाग्ने ढाल बनाइराखेको छ : सोविता गौतम

सरकारले हाम्रो प्रतिरोधलाई संसदको प्रश्नबाट भाग्ने ढाल बनाइराखेको छ : सोविता गौतम

काठमाडौं - रास्वपाकी सांसद सोविता गौतम सरकारले आफूहरुको प्रतिरोधलाई संसदको प्रश्नबाट भाग्ने ढाल बनाइराखेको टिप्पणी गरेकी छन् । मानव तस्करीविरुद्ध आवाज उठाउँदै सरकारले गम्भीर नभएको आरोप लगाइन् ।

‘हामी नेपाली नागरिकलाई बेचेर दासत्वमा धकेल्ने संरक्षित सञ्जाल भत्काउने संघर्षमा छौं। बेचिएका नेपालीहरूको आँशुले नपोलेको सरकार न गम्भीर देखिन्छ, न त जवाफदेही नै’, उनले भनेकी छन्, ‘उल्टो, सरकारले हाम्रो प्रतिरोधलाई संसदको प्रश्नबाट भाग्ने ढाल बनाइराखेको छ ।’

जनप्रतिनिधि विरोधमा उठेपछि समाधानविना सदन चलाउन नहुने उनको भनाइ छ ।

उनले थपिन्, ‘तर विरोधको बाबजुद पनि सदन सामान्यझैँ चलेको छ, सँगै समितिबाट प्रतिवेदनसहित आइसकेको विधेयक हामीलाई देखाएर पारित हुनबाट रोकिएको छ । हामीलाई देखाएर सरकार प्रश्नबाट पनि भागेको छ । सरकार र संसदको नजरमा हाम्रो विरोध पनि अब सुविधा अनुसार देखिने र नदेखिने विषय बनेको छ ।’