राप्रपा विदेश विभाग सदस्य कार्कीद्वारा महावाणिज्य दूतावासलाई प्रभावकारी सेवा दिन आग्रह

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य हिक्मत जङ कार्कीले हङकङ स्थित नेपाली महावाणिज्य दूत डा. बिन्देश्वर प्रसाद लेखक सँग छलफल गरेका छन् ।
राप्रपा विदेश विभाग सदस्य समेत रहेका कार्कीले नवनियुक्त महावाणिज्य दूतलाई बधाई दिँदै प्रवासमा रहेका नेपाली नागरिकप्रति दूतावासको सेवा अझ प्रभावकारी, सम्वेदनशील र उत्तरदायी बन्न आग्रह गरेका छन् ।
विदेश भ्रमणका क्रममा कार्कीले नेपाली समुदाय सँग समेत छलफल तथा संवाद गरेका थिए । हङकङ स्थित महावाणिज्य दूतावास सँग संक्षिप्त र अर्थपूर्ण संवाद गरेको कार्कीले सामाजिक सञ्जालमा लेखेका छन् ।
भेटघाटमा प्रवासी नेपाली एकता समाज हङकङको महासचिव प्रीति मल्ल पनि सहभागी थिइन् ।
प्रतिक्रिया