ओएनएम प्रस्तावविरुद्ध देशभरका रेडियोग्राफरहरू आन्दोलित

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ओएनएम ओएनएम (कर्मचारीहरूको संगठन तथा व्यवस्थापन) प्रस्तावविरुद्ध देशभरका रेडियोग्राफर तथा रेडियोग्राफी टेक्नोलोजिस्ट कार्यस्थलमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन् ।
सरकारी रेडियोग्राफी संघ नेपालको अगुवाइमा रेडियोग्राफी समूहसँग कुनै परामर्शविना गरिएको उक्त प्रस्तावले आफूहरूको पेशाको अपमान र उपेक्षा गरेको गुनासो गरेका छन् ।
संघका अध्यक्ष दामोदर रोक्काले आफूहरू नीतिगत संरचनाको विरोधी नभई समावेशी, यथार्थपरक र पेशाको गरिमाअनुकूल हुनुपर्ने पक्षमा रहेको बताए । ‘यो प्रस्तावमा रेडियोग्राफी क्षेत्रको योगदान र हैसियतको पूर्ण बेवास्ता गरिएको छ’, उनको भनाइ छ ।
रोक्काका अनुसार रेडियोग्राफी सेवाको स्पष्ट सेवा संरचना र दायित्व, पेशागत योग्यता अनुसार पद सिर्जना र बढुवा सुनिश्चितता, सेवा सुरक्षा, स्वायत्तता, र पेशागत पहिचानको संरक्षण आफूहरूको प्रमुख माग रहेको बताए ।
शनिबार (असार ७) भित्र सरकार मागको सुनुवाइ सेवा स्थगनसम्मको कदम चाल्ने रेडियोग्राफरहरूको चेतावनी छ ।
प्रतिक्रिया