नेकपा एसका सांसद थापाले सदनमै च्याते बजेट पुस्तिका

नेकपा एसका सांसद थापाले सदनमै च्याते बजेट पुस्तिका

काठमाडौं - नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले सदनमै बजेट पुस्तिका च्यातेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले ल्याएको बजेट र भौतिक मन्त्रालयको बजेट उल्टो बाटोमा हिँडेको आरोप लगाए । उनले भने, ‘जनताबाट उठेको राजस्वबाट बनेको बजेट जनताप्रति उत्तरदायी छैन। यो नेता र मन्त्रीमुखी भयो। म यो किताब सदनभित्रै च्यात्ने अनुमति लिएर च्यात्छु।’