ट्रम्पलाई जवाफ दिँदै आईएईए प्रमुखले भने- इरानले आणविक बम बनाइरहेको कुनै प्रमाण छैन

ट्रम्पलाई जवाफ दिँदै आईएईए प्रमुखले भने- इरानले आणविक बम बनाइरहेको कुनै प्रमाण छैन

काठमाडौं– अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले इरान अहिले नै आणविक हतियार बनाउने अवस्थामा नपुगेको दोहोर्‍याएको छ ।

आईएईए प्रमुख राफाएल ग्रोसीले अहिले नै आणविक हतियार उत्पादनका लागि इरानले व्यवस्थित प्रयास गरिरहेको कुनै प्रमाण फेला नपरेको बताएका हुन् ।

शुक्रबार इजरायलले इरानमा बमबारी सुरु गर्दै  इरान चाँडै आणविक बम बनाउने  चरणमा पुगेको दाबी गरेको थियो । त्यसयता बुधबार छैटौँ दिन दुवै पक्षबीच आपसी आक्रमण जारी छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार  तेहरान आणविक हतियार प्राप्त गर्न ‘ुधेरै नजिक’ रहेको जिकिर गरेका थिए । जुन अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक टुल्सी गेबर्डको भनाइसँग बाझिने गरि आएको थियो। गेबर्डले भनेकी थिइन्, ‘इरान अहिले हतियार निर्माण गरिरहेको छैन ।’