पीडादायी भाग्यको लागि तयार रहन इजरायली शासकलाई खामेनीको चेतावनी

पीडादायी भाग्यको लागि तयार रहन इजरायली शासकलाई खामेनीको चेतावनी

काठमाडौं - इरानाका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायललाई तीतो र पीडादायी भाग्यको लागि तयार रहन चेतावनी दिएका छन् ।

आज बिहानै इजरायलले इरानमाथि आक्रमण गरेपछि खामेनीको प्रतिक्रिया आएको हो ।

इरानको आधिकारिक इस्लामिक रिपब्लिक समाचार एजेन्सी आईआरएनएले सर्वोच्च नेता खामेनीको एक विज्ञप्ति प्रकाशित गर्दै भनेको छ- आज बिहान सबेरै यहुदी शासनले हाम्रो प्रिय देशमा अपराध गर्न आफ्नो फोहोर र रक्ताम्य हात खोल्यो र आवासीय केन्द्रहरूमा प्रहार गरेर आफ्नो दुष्ट प्रकृति पहिलेभन्दा बढी प्रकट गर्यो। यहुदी शासनले कडा सजायको भागिदार बन्नुपर्नेछ ।

खामेनीले इजरायलको आक्रमणमा कमान्डर र आणविक वैज्ञानिक शहीद भएको भन्दै अल्लाहको आदेश बमोजिम सक्षम उत्तराधिकारीले आफ्नो कर्तव्य तत्कालै पूरा गर्ने बताएका छन् ।