जिब्रल्टरको पोस्टमा क्रोएसियाको ७ गोल

जिब्रल्टरको पोस्टमा क्रोएसियाको ७ गोल

काठमाडौं– युरोपेली क्षेत्रको विश्वकप छनोटमा क्रोएसियाले जिब्रल्टरलाई फराकिलो अन्तरले हराएको छ ।

शुक्रबार राति भएको समूह ‘एल’को खेलमा भ्रमणकारी क्रोएसियाले जिब्राल्टरलाई ७–० गोलले हराएको हो ।

खेलको २६औँ मिनेटमा मारियो पासालिकको गोलमा अग्रता लिएको क्रोएसियाका लागि ३०औँ मिनेटमा एन्टे बुडिमिरले गोल गरेका थिए ।

यस्तै, ६०औँ र ६३औँ मिनेटमा फ्रान्जो इभानोभिक गोल गरे । ७३औँ मिनेटमा इभान पेरिसिक तथा ७७औँ र ७९औँ मिनेटमा आन्द्रे कारामिकले गोल गरे ।

समूहमा पहिलो खेल खेलेको क्रोएसिया ३ अंकका साथ तेस्रो स्थानमा छ भने तीन खेल खेलेको जिब्रल्टर अंकविहीन छ ।

सोही समूहको अर्को खेलमा चेक गणतन्त्रले मन्टेनेग्रोलाई २–० गोलले हरायो । चेकका लागि अडाम होलोजेक र प्याट्रिक सियोकले गोल गरे ।