काठमाडौं आइपुगिन् बलिउड अभिनेत्री नोरा

काठमाडौं आइपुगिन् बलिउड अभिनेत्री नोरा

काठमाडौं-बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही नेपाल आइपुगेकी छिन् ।

शनिबार साँझ हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ का लागि बलिउड अभिनेत्री तथा डान्सर नोरा काठमाडौं आइपुगेकी हुन् । बौद्ध टुसालस्थित हायात ग्राउन्डमा हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ का लागि नोरा शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् । 

वर्ल्डवाइइ फिल्मस् नेटवर्क प्रालिको प्रस्तुतिमा आयोजना हुन लागेको कार्यक्रममा नोरालाई ल्याउन आयोजकले झण्डै ३ करोड रुपैयाँ खर्च गरेका छन् । कार्यक्रममा नोरासँगै केही नेपाली कलाकार र गायक-गायिकाले पनि प्रस्तुति दिने भएका छन् ।
 
कार्यक्रममा दुर्गेश थापा, तेरिया मगर, द भ्वाइस अफ नेपालकी चन्द्रकला राईलगायत पाँच जनाले आफ्नो प्रस्तुति दिनेछन् । आयोजकका अनुसार नोरासँग गायक दुर्गेश थापाले विशेष प्रस्तुति दिनेछन् ।