उदयपुरको रौतामा आगलागी हुँदा ५० लाखको क्षति
_HGrNCxYhLl_zjcgkmvn2i2gxm8prmeh7fwague10mciuvubngtpyfdhawgnkm94dkttk9fh_AWUKzKYKDj_dmqi5pnsv8wtrojraych4y6bk6oegax0ubg9zwydmibbkccois5z0mixrjuh.jpg)
गाईघाट (उदयपुर) - उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका छन् भने रु ५० लाख बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिहीबार अपराह्न स्थानीय खड्गबहादुर कटुवालको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा उनका छोरा रमेशको घरमा समेत आगो सल्किएको थियो ।
आगलागीबाट घरभित्रको लत्ताकपडा र नगदसहित रु ३० लाख र छोरा रमेशको घरमा रु २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी र स्थानीयले रौतामाई गाउँपालिकाको दमकल प्रयोग गरेर आगो निभाएका थिए ।
प्रतिक्रिया