माओवादी उपाध्यक्ष महरा पक्राउ

माओवादी उपाध्यक्ष महरा पक्राउ

काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई कपिलवस्तुबाट पक्राउ गरेको हो ।

गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका महरा लगायत सबैमाथि अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीलाई निर्देशन दिएका थिए ।

सुन तस्करी सम्बन्धमा छानविनका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।

सीआईबीले यसअघि महरालाई ९ किलो सुन प्रकरणमा बयान लिएर छाडेको थियो।