किस्ता तिर्न नसक्दा बैंकमै जागिरको माग

किस्ता तिर्न नसक्दा बैंकमै जागिरको माग

बागलुङ - बैंकको किस्ता तिर्न नसकेपछि सपरिवारलाई जागिर माग्दै बागलुङका एक व्यक्तिले बैंकलाई पत्र पठाएका छन् । बागलुङका चन्द्र बहादुर विकले सिटिजन्स बैंक बागलुङ शाखालाई एक पत्र पठाउँदै ऋणको किस्ता तिर्न नसकेको भन्दै बरु बैंकमै जागिर खाएर सो ऋण घटाउने भन्दै पत्र पठाएका हुन् ।

उनले पत्रमा लेखेको छन् , "बेरोजगार भएका कारण किस्ता बुझाउन असमर्थ भएकोले हामी सपरिवार सल्लाह गरी म घरको मुली मान्छे चन्द्र बहादुर बिक त्यस कार्यालयमा चौकिदारी गर्न सक्षम भएको, मेरी श्रीमती चन्द्रमाया बिक कार्यालय सहयोगी भइ काम गर्न सक्षम भएको र मेरो छोरा मनिष विश्वकर्मा कोर्सबाट १२ कक्षा उत्तीर्ण भएको र कार्यालयमा प्रशासनमा काम गर्न सक्षम भएको जानकारी गराइन्छ ।"

उनले पत्रमा आफ्नो परिवारलाई घर खर्च पुग्ने ३ हजार मात्रै दिएर बाँकी तलब भत्ताबाट ऋण कर्जा किस्ता कटाउन बैंकलाई अनुरोध गरेका छन् ।