रौतहटमा विधुत् सेवा अवरुद्ध हुँदा पाँच पालिकाहरू प्रभावित

रौतहट - रौतहटको पाँच वटा पालिकामा विधुत् सेवा अवरुद्ध हुँदा कामकाजमा प्रभावित भएको छ । नेपाल बिद्युत् प्राधिकरण मौलापुर शाखाले मंगलवार एक सूचना प्रसारण गरी हर्साहा सबस्टेसनमा मर्मतको काम हुनुभएकाले बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म बिद्युत् अवरुद्ध हुने जानकारी दिएको थियो ।
तर सूचना विपरीत मंगलवार बिहान ११ बजे काटिएको बिद्युत् लाइन बुधवार बिहान सम्म नआउँदा समस्या भएको हो । पछिल्लो २० घण्टा देखि बिद्युत् लाइन अवरुद्ध हुँदा पालिकाको सेवा प्रभावित बनेको कर्मचारीहरुले बताएका छन् । स्थानीय कटहरिया, फतुवा विजयपुर, मौलापुर, देवाही गोनाहि, र बौधिमाई नगरपालिकामा मंगलवार बिहान ११ बजेदेखि विद्युत् लाइन अवरुद्ध भएको छ ।
विद्युत् अभावमा चार वटा एफएम रेडियोको प्रसारण बन्द भएको छ भने मिल समेत संञ्चालन हुन सकेको छैन् । नेपाल विद्युत् प्राधिकरण मौलापुर शाखा प्रमुख दिनेश यादवले चन्द्रनिगाहपुर शाखाबाट प्रसारण हुने विद्युत् आपूर्ति सदरमुकाम गौर सम्म सञ्चालनमा रहेको छ तर हर्साहा सबस्टेसनको मर्मत काम सकिएको छैन। रौतहट देखि मलंगवा सम्मको मिस्त्रीहरू मर्मतमा लागिरहेका चाडै बिद्युत् लाइन आपूर्ति सुरु हुने प्राधिकरणले जनाएको छ ।
- सत्येन्द्र प्रताप सिंह
प्रतिक्रिया