मिटरब्याजी पीडितका नाममा खेल्ने काम भयो : गृहमन्त्री श्रेष्ठ

मिटरब्याजी पीडितका नाममा खेल्ने काम भयो : गृहमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितका नाममा खेल्ने काम भइरहेको टिप्पणी गरेका छन् ।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिन सरकार लागिपरेको भन्दै अहिले उनीहरूका नाममा खेल्ने काम भइरहेको टिप्पणी गरेका हुन् । 

अहिलेसम्म साढे पाँच हजार मिटरब्याजी पीडितलाई न्याय दिने काम भइरहेको भन्दै उनले अन्यलाई पनि हरहालतमा न्याय दिने जिकिर गरे ।

मिटरव्याजसम्बन्धी आयोगको दुई पटक म्याद थपिएपछि विघटन गरिएको, सबै उजुरीहरू जिल्ला प्रहरी कार्यालयमा पठाइएको उनले जानकारी दिए । गृहमन्त्री श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा पीडितको पक्षमा न्याय हुनेगरि मेलमिलापमा जोड दिने र त्यसो हुन नसके अनुसन्धान गरेर अभियोजनमा जान सक्ने बताए ।

उनले पीडितलाई हर हालतमा न्याय दिने दिशातर्फ सबै लाग्नुपर्ने समेत बताए ।