एमालेको नाराबाजीपछि संसद बैठक स्थगित

काठमाडौँ– नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
आज प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद गोकुल बाँस्कोटाले एमालेसहित प्रतिपक्षी दलले बालकुमारीसहितका घटनालगायतका विषयमा मागेको जवाफ सरकारले नदिएको भन्दै आपत्ति जनाएका थिए ।
सभामुखबाट समेत रुलिङ भएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएको भन्दै एमालेसहित प्रतिपक्षी दल राप्रपा र रास्वपाले विरोध जनाएका थिए ।
तर, सभामुख देवराज घिमिरेले बैठक अघि बढाउन खोजेपछि एमाले सांसदहरुले नाराबाजी गरे । सभामुख घिमिरेले आजको बैठक महत्वपूर्ण रहेकाले सहयोग गर्न आग्रह गरे । तर, ‘भ्रष्ट मन्त्री राजीनामा दे’जस्ता नारा लगाउँदै एमाले सांसदले उठेर विरोध जनाइरहे पछि सभामुख घिमिरेले १५ मिनेटका लागि स्थागित गरेको बैठक अझै सुरु हुन सकेको छैन ।
प्रतिक्रिया