तनहुँमा जन्ती बोकेको जीप दुर्घटना, दुई जनाको मृत्यु, १६ घाइते

तनहुँमा जन्ती बोकेको जीप दुर्घटना, दुई जनाको मृत्यु, १६ घाइते

तनहुँ–  तनहुँमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् ।

आबुखैरेनी गाउँपालिका– १ गिरौनचोरको बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप आज बिहान दुर्घटना भएको हो ।

मृत्यु हुनेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  जीप अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल खसेको थियो ।