यातायातमन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग
_aYRDt9Cf1w_10f42ccrofv80xu0sxnhtrt78xrrbrlb08y9txjish1zqlnj5d004iysfgv0_iopLgFF5b4_xymzpfby0bih4rn097vo2wj0dy7cxl3ltrgp9rsjs5d0o7i9owu6fhtlcwqf.jpeg)
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ ।
आज बसेको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सचेतक महेश बर्तौलाले सरकारद्वारा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनले बालकुमारी घटनामा मन्त्री ज्वालालाई दोषी देखिएकाले पदबाट बर्खास्त गर्न माग गरे ।
मन्त्री स्वयंले राजीनामा दिनुपर्नेमा नदिएकाले उनलाई बर्खास्त गर्नुपर्ने र यस घटनामा गृहमन्त्री पनि जोडिएको उनको भनाइ छ ।
विमानस्थलमा प्रहरी र अध्यामगन कर्मचारीबीचको कुटाकुट भएको घटनामा छानबिन समितिले दोषी देखाएका प्रहरीलाई कारबाही गरेको सरकारले बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई जोगाएर ‘सानालाई ऐन ठूलालाई चैन’ भनेजस्तै गरेको सचेतक बर्तौलाले आरोप लगाए ।
प्रतिक्रिया