फेरी बढ्यो सुनको मूल्य

फेरी बढ्यो सुनको मूल्य

काठमाडौ – नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रवार छापावाला सुन प्रतितोला १ लाख १७ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २०  रुपैयाँले बढेर तोलाको १४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदी शुक्रबार १४१० रुपैयाँमा कारोबार भएको थियो ।