बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा रास्ट्रपति कार्यलयको चासो

काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा
तीन जनालाई पक्राउ गरेको छ । व्यवसायी अरुण चौधरी र कारखानाका पूर्व कार्यकारी प्रमुख अजितनारायण थापा र कारखाना सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमध्ये एक जना थापा सुनिल थापाका काका हुन्।सुनिल थापा राष्ट्रपति रामचन्द्र पाैडेलका राजनीतिक सल्लाहकार हुन् ।
सीआईबीले बिहीबार काकालाई पक्राउ गरेपछि सुनिल थापा सीआईबी मुख्यालय महाराजगञ्ज पुगेका हुन् ।
काकालाई भेट्न गएपनी पक्राउ परेकालाई म्याद थपका लागि अदालत लगेका कारण भेट हुन सकेन ।
सरकारी जग्गा व्यक्तिका नाममा बनाएको जस्तो गम्भीर आरोपमा पक्राउ परेका व्यक्तिलाई भेट्न केही घण्टामै राष्ट्रपति कार्यालय बाट सीआईबी मुख्यालय पुग्नुले सीआईबीको अनुसन्धानमा प्रभाव पर्ने मनसाय देखिन्छ ।
प्रतिक्रिया