निमित्त केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारीमा कार्की

निमित्त केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारीमा कार्की

काठमाडौं - नेपाल प्रहरीको निमित्त केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दान बहादुर कार्कीलाई दिइएको छ ।

कार्की नेपाल प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । 

काठमाडौं जिल्ला परिसरको प्रमुख भएका बेला नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनको नेतृत्व कार्कीले गरेका थिए । 

उक्त प्रकरणमा पुर्व उपप्रधानमन्त्री देखि पुर्व गृहमन्त्रीलाई समेत पक्राउ गरी कार्वाही प्रक्रिया अगाडि बढाएका नेपाल प्रहरीका काबिल अधिकृत कार्कीलाई राजनीतिक दबाबका कारण समय नपुग्दै सरुवा गरिएको थियो ।