कानुन समितिकाे बैठक बस्दै, प्रधानमन्त्रीले भारतसँगको समझदारीबारे जवाफ माग्ने

कानुन समितिकाे बैठक बस्दै, प्रधानमन्त्रीले भारतसँगको समझदारीबारे जवाफ माग्ने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको २०औँ बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ११ बजे बस्ने बताइएको छ ।

समितिका सचिव अधि राज राईका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित हुने छन् ।

प्रधानमन्त्री दाहालले भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबीच भएका सम्झौताका विषयमा समितिसमक्ष जानकारी गराउने कार्यसूची रहेको छ ।

विशेष गरी भारतीय विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणका क्रममा भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको परियोजना सिधै समुदायमा सञ्चालन गर्न सक्ने सम्झौतालाई लिएर सरकारको आलोचना भइरहेको छ । सोही विषयमा प्रधानमन्त्री दाहालले समिति र सांसदहरूलाई प्रष्ट पार्न लागेका हुन् ।

गत शुक्रबार परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त बैठकमा सहभागी हुन नेपाल आएका विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदको उपस्थितिमा विद्युत व्यापारलगायत विभिन्न ४ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।