बाबुरामले अगाडि सारे राष्ट्र निर्माणका ८ सुत्र

काठमाडौं - पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्र निर्माणका लागि तत्काल लागु गर्नुपर्ने आठ सुत्र अगाडि सारेका छन् ।
काठमाडौं विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा भट्टराईले आठ सुत्र अगाडि सारेका छन् ।
१. राजनीतिक स्थिरता निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जाने। कार्यकारी राष्ट्रपतिको मातहतमा राष्ट्रिय विकास प्राधिकरण बनाएर देशको तीव्र औद्योगीकरणको कार्ययोजना कार्यान्वयन गर्ने। कानुन, प्रशासन र न्याय प्रणालीमा आमूल सुधार गर्ने।
२. आगामी दशकमा विश्वको पहिलो र तेस्रो अर्थतन्त्र बन्ने चीन र भारतको मूल्य शृङ्खलासँग तालमेल मिलाएर तीव्र औद्योगीकरण गर्ने।
३. देशको प्रमुख स्रोत जमिनको वैज्ञानिक भूमिसुधार गर्ने र औद्योगीकरणको आधार तयार गर्ने।
४. शिक्षा प्रणालीमा आमूल सुधार गरेर उद्यमशीलता, नवप्रवर्तन, व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिने।
५. कडाइपूर्वक वित्तीय संघीयताको कार्यान्वयन गर्ने र केन्द्रीय दिशानिर्देश अन्तर्गत प्रेदश र स्थानीय तहलाई औद्योगीकरणका मुख्य वाहक बनाउने।
६. बैंकिङ र वित्तीय क्षेत्रको आमूल सुधार गरेर उत्पादनमूलक ठूला, मध्यम र साना उद्योग, ऊर्जा, पूर्वाधारहरूमा सहज वित्तीय व्यवस्थापनको ग्यारेन्टी गर्ने।
७. वैदेशिक रोजगारीमा जाने र गैरआवासीय नेपालीहरूमा, विदेशी लगानीकर्ताहरूलाई नेपालमा औद्योगिक क्षेत्रमा लगानीका निम्ति विशेष सुविधाको व्यवस्था गर्ने।
८. समाजमा विद्यमान अन्धविश्वास, भाग्यवाद, जातपात प्रथा, लैंगिक विभेद, फजुल खर्च विरुद्ध सामाजिक-सांस्कृतिक क्रान्ति सञ्चालन गर्ने।
प्रतिक्रिया