प्रचण्डलाई प्रधानमन्त्री बाट हटाउन सक्छौं - महामन्त्री थापा

प्रचण्डलाई प्रधानमन्त्री बाट हटाउन सक्छौं - महामन्त्री थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले नै प्रचण्डलाई सरकारमा पुर्‍याएको र कांग्रेसले चाहे हटाउन पनि सक्ने बताएका छन् ।

शनिबार भक्तपुरमा कांग्रेस भक्तपुर–२ को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले कांग्रस संसदको ठूलो पार्टी रहेपनि पार्टीले सरकार चलाउने कुरामा योग्यता राख्न नसकेको बताए ।

कांग्रेस संसदको ठूलो पार्टी भएपनि अहिलेको समस्या समाधान गर्ने जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको उनले बताए ।

थापाले रोजगारीको ठूलो समस्या रहेकै कारण बालकुमारीमा दुई युवाहरुले ज्यान गुमाउनु परेको धारणा राखे । उनले कांग्रेसको मिसन ८४ भन्दा पनि मिसन रोजगारी हुनुपर्ने बताए ।

त्यस्तै, थापाले पार्टीको गुटउपगुटका साथै निर्वाचनमा खल्तीबाट उम्मेद्वार छान्ने प्रवृति अन्त्य हुनुपर्नेमा जोड दिए ।

उनले मुलुकको परिवर्तनमा कांग्रेसको नेतृत्व रहेको र अव कांग्रेस नरहे मुलुक कुनै न कुनै रुपमा द्वन्द्वमा फस्ने बताए ।