प्रधानमन्त्रीलाई कांग्रेस महामन्त्री थापाको आग्रह-काम गरेर देखाउनुहोस्

कटारी– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्न सोध्ने बेला भएको बताएका छन् । नेपाली कांग्रेस उदयपुरको प्रथम जिल्ला सम्मेलनलाई आज कटारीमा सम्बोधन गर्दै उनले एक वर्षभित्रमा प्रधानमन्त्रीले भनेको जस्तो काम किन गर्न सकिएन भनेर सोध्ने बेला आएको बताएका छन् ।
पुस १० गते प्रधानमन्त्रीले सम्बोधन गर्ने बताएको भन्दै कांग्रेस नेता थापाले आगामी माघ १० गतेसम्म एकपटक पनि कतै केही नबोली काम गर्ने प्रतिबद्धता जनाउन आग्रह गरे। ‘माघ १० गतेसम्म केही उद्घाटन गर्दिन, शिलान्यास गर्दिन, केही बोल्दिनँ बिहानदेखि बेलुकासम्म काम गर्छु भने’, महामन्त्री थापाले भने, ‘हामीलाई बोल्ने मात्रै मान्छे होइन काम गर्ने मान्छे चाहिएको छ ।’
प्रतिक्रिया