सामाजिक सञ्जाल मार्फत एकल महिलालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ

सामाजिक सञ्जाल मार्फत एकल महिलालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ

काठमाडौं - म्यासेजिङ एपमा साथी बनी कुराकानी हुने क्रममा भएका वार्तालापको स्क्रिन रेकड गरी राखेको तथा उक्त स्क्रिन सट सम्पादन गरी सामाजिक सञ्जालमा अश्लील सन्देश सहित पोष्ट गरी चरित्र हत्या गरेको आरोपमा डिल बहादुर गलामीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला गुल्मी, सत्यवति गा.पा. वडा नं. ७ स्थायी वतन भएका वर्ष ४४ को डिल बहादुर गलामीलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा भाद्र २६ गते मुद्दा दर्ता गरी खोजतलास गरिएको थियो ।

प्रहरीले मङ्सिर २ गते जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा पक्राउ गरेको हो ।

पीडित महिलाको  जाहेरीको आधारमा प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट गलामीको बारेमा पत्ता लागेको थियो ।

निज फरार प्रतिवादीलाई पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला अदालतमा  अदालती कारबाहीको लागि पेस गरिएको छ  ।